अमेरिकी इन्डो प्यासिफिक रणनीति अवश्य विफल हुने: वाङ यी
2022-05-22 18:41:46cri
Share with:

 सन् २०२२ मे २२ तारिख चीनका परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तानका विदेशमन्त्री बिलाभाल भुट्टो जार्दारीसँग भेट-वार्ता गर्नुभएको छ।

 वार्तापछि वाङ यीले पत्रकारसँग तथाकथित इन्डो प्यासिफिक रणनीतिबारे कुराकानी गर्दै अमेरिकाको इन्डो प्यासिफिक रणनीतिबाट अन्तर्राष्ट्रिय समूह विशेष गरी एशिया तथा प्रशान्त क्षेत्रको संतर्कता र चिन्ता लागेको विचार व्यक्त गर्नुभयो। उक्त रणनीतले एशिया तथा प्रशान्तको नाम हटाउनुका साथै विगत दशौँ वर्षयता विभिन्न मुलुकले संयुक्त रूपमा सिर्जना गरेको शान्तिपूर्ण विकासको उपलब्धि र प्रवृत्तिलाई हटाउन खोजेको वाङ यीले उल्लेख गर्नुभयो।

 वाङ यीले अमेरिकाले बनाएको इन्डो प्यासिफिक रणनीतिले स्वतन्त्र र खुलापनको झण्डा लिएर गुट बनाएको छ र चीनको छिमेकी वातावरण सुधार गर्न भनेको छ तर एशिया तथा प्रशान्त क्षेत्रलाई अमेरिकी प्रभूत्वको साँघु बनाएको बताउनुभयो। वास्तविकताबाट प्रमाणित भएको छ कि तथाकथित इन्डो प्यासिफिक रणनीति शान्तिलाई भंग गर्ने र द्वन्द्वलाई प्रोत्साहण गर्ने रणनीति हो।