नेपालमा स्वदेशी वस्तु उत्पादनका लागि १० वर्षे अभियान सुरु गरिने
2022-05-23 16:06:29CRI
Share with:

स्वदेशी वस्तुको उत्पादन प्रवर्द्धनका लागि सरकारले १० वर्षे रणनीति बनाउन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताउनुभएको छ। मेक इन नेपाल–स्वदेशी समिट २०२२ मा बोल्दै मन्त्री बडूले यस्तो बताउनुभएको हो। ‘दश वर्षका लागि एउटा अभियान चलाउँ र स्वदेशभित्र आत्मनिर्भर भएर निर्यात पनि गर्ने उद्देश्य राखौं,’ मन्त्री बडूले भन्नुभयो, ‘स्वदेशी वस्तु उत्पादन र खपत दशकका रुपमा २०७९ देखि २०८९ सम्म अभियान चलाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय राख्ने सरकारको तयारी छ ।’ 

आर्थिक समृद्धि र विकासका लागि निजी क्षेत्रलाई अघि सार्ने योजनामा सरकार रहेको पनि उहाँले बताउनुभयो। स्वदेशी वस्तुहरुको उत्पादनका लागि चाहिने कच्चा पदार्थमा सरकारले सहुलियत दिने पनि उहाँले बताउनुभयो। त्यस्तै नेपालले निर्यात गर्न सक्ने र तुलनात्मक लाभका वस्तुहरु के के हुन सक्छन् भनेर अध्ययन गर्न लागिएको पनि मन्त्री बडूले बताउनुभयत्र।

कान्तिपुर अनलाइनका अनुसार उहाँले निजी क्षेत्रको सहभागितामा रुग्ण उद्योग सञ्चालनको गृहकार्य भइरहेको बताउनुभयो। त्यसका लागि मोडालिटी तयार गरिहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

स्वदेशी उत्पादन र स्वदेशमै रोजगारी नबढाए अर्थतन्त्रमा सुधार नहुने उहाँले बताउनुभयो। अर्थतन्त्र उकास्नका निम्ति निर्यातमै जोड दिनुपर्ने उहाँको भनाइ छ। स्वदेशमा उद्योग प्रवर्द्धनका लागि औधोगिक क्षेत्र, औधोगिक, विशेष आर्थिक क्षेत्र घोषण गरिएको उहाँले बताउनुभयो।