एपेकको २८ औँ वाणिज्य मन्त्री स्तरीय सम्मेलनको आयोजना
2022-05-23 15:20:53cri
Share with:

एशिया प्रशान्त आर्थिक सहयोग संगठन एपेकको २८ औँ वाणिज्य मन्त्री स्तरीय सम्मेलन मे २१ देखि २२ तारिखसम्म आयोजना गरिएको छ। एपेकका २१ वटा आर्थिक समुदायका वाणिज्य मन्त्री, प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि र विश्व व्यापार संगठन लगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरू सो सम्मेलनमा सहभागी भएका छन्।

 

चीनका वाणिज्य मन्त्री वाङ वन थाउले भिडियोमार्फत सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा उहाँले चीनले विश्व र क्षेत्रीय अर्थतन्त्रको स्थिरता र प्रवर्द्धनका लागि दिगो शक्ति प्रदान गर्दै जाने भन्दै चीनको खुला द्वार अझै फराकिलो हुँदै जाने बताउनुभएको छ।

 

एपेकका विभिन्न आर्थिक समुदायसँगको सहकार्यलाई सबल पारी विश्व व्यापार संगठनको सुधार आदि विषयमा वास्तविक उपलब्धि प्राप्त गर्नका लागि प्रयास गर्दै जान चीन इच्छुक रहेको पनि मन्त्री वाङ वन थाउले औँल्याउनुभएको छ।