सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने चिनियाँ जनताको दृढतालाई कमजोर नठान्न चीनको चेतावनी
2022-05-23 18:54:21CRI
Share with:

मे २३ मा परराष्ट्र मन्त्रालयको नियमित्र पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले थाइवान विषयलाई युक्रेन समस्यासँग तुलना गरेकोबारे पत्रकारद्वारा चीनको टिप्पणी माग भएपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले यसबारे प्रकाश पार्नुभएको छ।

आफ्नो जवाफमा वाङले थाइवान र युक्रेन समस्या आधारभूत रूपमा दुईवटा फरक विषय भएकोले यी दुई विषयको तुलना गर्नु पूर्ण रूपमा हास्यास्पद भएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘हामी अमेरिकी पक्षलाई फेरि एक पटक ताकेता गर्छौँ कि एक चीन भन्ने सिद्धान्त र चीन-अमेरिका बीच सम्पन्न तीनवटा संयुक्त विज्ञप्तिको पालना गर्नुपर्छ।’ आफ्नो सार्वभौमसत्ता र भूभागको अखण्डताको रक्षा गर्ने चिनियाँ जनताको दृढ निश्चितता, दृढ इच्छा र ठूलो क्षमतालाई कम नआँक्न पनि प्रवक्ता वाङले चेतावनी दिनुभयो।