विश्व स्वास्थ्य संगठनबाट थाइवानको प्रस्तावलाई फेरि अस्वीकार
2022-05-23 20:42:33CRI
Share with:

विश्व स्वास्थ्य संगठनको ७५औँ महासभा मे २३  तारिख जेनेभामा आयोजित भएको छ। विश्व स्वास्थ्य संगठनको सामान्य समिति र महासभाबाट बेग्ला बेग्लै रूपमा निर्णय गरे अनुसार, केही देशले प्रस्तुत गरेको तथाकथित "विश्व स्वास्थ्य संगठन महासभामा थाइवानले पर्यवेक्षकको रूपमा महासभाको समय-तालिकामा समावेश गराउने प्रस्तावलाई अस्वीकार गरियो। उक्त निर्णयबाट अन्तर्राष्ट्रिय समाजमा एक चीन भन्ने सिद्धान्त आम सहमति बनेको तथ्यलाई पूर्ण रूपमा प्रतिबिम्बित गरिएको छ।

 

चिनियाँ प्रतिनिधिले सम्बोधन गर्दै भन्नुभयोः थाइवानसँग सम्बन्धित सो प्रस्तावको कुनै कानुनी तथा तथ्यगत आधार छैन। थाइवान मिनचिन पार्टीले महामारीलाई राजनीतिक हेरफेर गर्ने मौकाको रूपमा प्रयोग गरेको वास्तविक उद्देश्य "महामारीबाट स्वतन्त्रता खोज्नु" नै हो। कुनै देशले गरेको"चीनलाई नियन्त्रण गर्न ताइवानको प्रयोग गर्ने" यो राजनीतिक चाल अनिवार्य रूपमा असफल हुनेछ।