मानवअधिकारको विकास सम्बन्धि चीनका पाँच "सधैं"
2022-05-24 18:57:12CRI
Share with:

मे २३ मा चीनको राज्य परिषद्का सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले क्वाङचौमा संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग  भेट-वार्ता गर्नुभएको छ।

वाङ यीले चीनले मानवअधिकारको विकासमा पाँचको "सधैं" पालन गरेकोमा जोड दिनुभयो। ती ५ विषय यस प्रकार छनः

पहिलो, सधैं बाँच्ने अधिकारलाई पहिलो स्थानमा राखिएको छ। चीनले विश्वको ९% भन्दा कम भूमिमा विश्वको जनसङ्ख्याको २० प्रतिशतलाई खुवाएको मात्र होइन, विश्वमा सबैभन्दा ठूलो सामाजिक सुरक्षा प्रणाली र पूरा जनताको चिकित्सा सुरक्षा नेटवर्क पनि निर्माण गरेको छ।

दोस्रो, विकास अधिकारको प्रवर्द्धनलाई सधैं प्राथमिकतामा राखिरहेको छ। चीनले संयुक्त राष्ट्र संघको दिगो विकास एजेन्डा २०३० को गरिबी न्यूनीकरण लक्ष्यलाई निर्धारित समयभन्दा १० वर्ष अगावै पूरा गरेको छ र १ अर्ब ४० करोड चिनियाँ जनता सबै हिसाबले सम्पन्न समाजमा प्रवेश गरिरहेका छन्।

तेस्रो, नागरिकको वैधानिक हक अधिकारको संरक्षणलाई सधैँ आधारभूत कार्यको रूपमा लिइरहेको छ। राष्ट्रिय मानवअधिकार कार्य योजनाको निरन्तर रूपमा तर्जुमा र कार्यान्वयन गर्ने मुलुक विश्वमा चीन नै एक मात्र ठूलो मुलुक हो।

चौथो, अल्पसंख्यक जातिहरू जस्ता विशेष समूहहरूको अधिकारको सधैं संरक्षण गर्नु नै महत्त्वपूर्ण कार्य मानिरहेको छ।

पाँचौं, जनताको सुरक्षालाई सधैं दीर्घकालीन लक्ष्यको रूपमा लिइरहेको छ। चीन "सुरक्षित चीन" निर्माण गर्ने अभियानमा प्रतिवद्ध छ र बितेका वर्षहरूमा चिनियाँ जनता सुरक्षित महसुस दर लगातार ९८% नाघेको छ।