चिनियाँ परराष्ट्र मन्त्रीले दक्षिण प्रशान्त टापुका मुलुकहरू र पूर्वी टिमोरको भ्रमण गर्नुहुने
2022-05-24 19:08:13CRI
Share with:

चीनको राज्य परिषद्का सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले मे २६ देखि जुन ४सम्म सोलोमन टापु, किरिबाटी, सामोआ, फिजी, टोङ्गा, भानुआटु, पपुवा न्युगिनी र पूर्वी टिमोरलगायत आठ मुलुकको औपचारिक भ्रमण गर्नुहुने छ। साथै चिनियाँ परराषट्र मन्त्री वाङले रोनेसियाको "अनलाइन भ्रमण" गर्नुका साथै  कुक टापुका प्रधानमन्त्री र विदेश मन्त्री एवम् प्रधानमन्त्री तथा विदेश मन्त्रीसँग पनि भिडियो भेटघाट गर्नुहुने छ। भ्रमणताका वाङले फिजीमा दोस्रो चीन-प्रशान्त टापुहरूका विदेश मन्त्रीस्तरिय बैठकको अध्यक्षता पनि गर्नुहुने छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले मे २४ आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

उहाँले भन्नुभयो, ‘भ्रमणका क्रममा परराष्ट्र मन्त्री वाङ यीले विभिन्न देशका विदेशमन्त्रीहरुसँग वार्ता गर्ने, राष्ट्रनायक तथा सरकारी प्रमुखहरुसँग भेटघाट गर्नुहुने छ। उहाँको भ्रमणबाट द्विपक्षीय सम्बन्ध, र एशिया-प्रशान्तको शान्ति, स्थिरता र विकासको लागि सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।’