अमेरिकामा पछिल्लो पटक कोभिड-१९ वृद्धिमा एकदमै कम गणना
2022-05-25 16:36:24CRI
Share with:

अमेरिकाका स्वास्थ्य अधिकारीहरूले यस हप्ता चेतावनी दिएका छन् कि कोरोनाभाइरसका केसहरू उच्च स्तरमा छन्, तर यसबारेको अनुमान र आँक्ने प्रवृत्ति कमजोर देखिएको छ। साँचो अर्थमा संक्रमणहरूको गणनामा बेवास्ता गरिएको छ। ‘कुन ट्रयाकर प्रयोग गरिएको छ भन्ने आधारमा एक दिनमा लगभग १ लाख अमेरिकी संक्रमणमा परेका छन्, ह्वाइट हाउसको कोभिड-१९ प्रतिक्रिया संयोजक आशिष झाले बुधबार एक प्रेस ब्रिफिङमा भन्नुभयो,  ‘हामीलाई थाहा छ कि संक्रमणको संख्या वास्तवमा त्यो भन्दा धेरै धेरै छ। ठ्याक्कै कति छ भनेर थाहा पाउन गाह्रो छ तर धेरै मानिसहरू घरेलु परीक्षणहरू प्रयोग गरेर निदान भइरहेका छन्।’

 

द्रूत परीक्षणहरूले छिटो परिणाम देखाउँछ र जहाँ पनि सजिलै नतीजा हेर्न सकिन्छ। मानिसमा कोरोनाभाइरस छ कि छैन भनेर निर्धारण गर्न एक सुविधाजनक तरिका छ। जो बाइडेन प्रशासनले यसै हप्ता नि:शूल्क द्रूत परीक्षणको तेस्रो चरण प्रस्ताव गरेको छ, झाले भन्नुभयो कि यसले परीक्षणहरूको लागि वास्तवमै प्रभावकारी रूपमा माग गरेको छ। 

घर-घरमा परीक्षणको वृद्धि नभएको अवस्थामा सम्भवतः सयौं हजारौं केसहरू स्वास्थ्य विभागहरूमा रिपोर्ट नगरिएको अवस्थामा। केही विज्ञहरू भन्छन् कि केसहरू आधिकारिक संख्या भन्दा पाँच देखि १० गुणाभन्दा बढी हुन सक्छन्। वर्तमानको वृद्धिलाई सतहमा देखिने भन्दा धेरै फराकिलो बनाउँदै जानसक्छन्।