"दोहोरो मापदण्ड" सर्वसाधारणको सुरक्षामा हानिकारकः चीन
2022-05-26 16:29:00CRI
Share with:

मे २५ तारिख, संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा "द्वन्द्वमा परेका सर्वसाधारणको संरक्षण" सम्बन्धी खुला बैठक आयोजित भएको छ। संयुक्त राष्ट्रसंघका लागि चिनियाँ आवासीय प्रतिनिधि ताइ पिङले सम्बोधन गर्दै  अन्तर्राष्ट्रिय समुदायले सर्वसाधारणको सुरक्षाका लागि निरन्तर प्रयास गर्दै जानुपर्ने र दोहोरो मापदण्डलाई अस्वीकार गर्नुपर्ने ठहर गर्नुभएको छ।

 

संयुक्त राष्ट्र संघका मानवीय मामिला कार्यवाहक सहायक महासचिव रमेश राजसिंहमले जानकारी दिँदै भन्नुभयोः जनसंख्या घनिभूत बस्तीमा भएको संघर्षमा सर्वसाधारणको हताहत छोटो समयमा ठूलो बन्छ र ती क्षेत्रहरूमा विस्फोटक हतियारको प्रयोगबाट जोगाउनुपर्ने विचार राख्नुभयो। 

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ आवासीय प्रतिनिधि ताइ पिङले जोड दिँदै भन्नुभयोः सर्वसाधारणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले निरन्तर प्रयास गरिरहनुपर्छ। चीनबाट ४ बुँदे प्रस्ताव प्रस्तुत गरिएको छ। ती ४ बुँदे प्रस्ताव यस प्रकार छन्, अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय नियमहरूको कडाइका साथ पालना गर्ने, सदस्य राष्ट्रहरूको नेतृत्वलाई कायम राख्नुपर्ने, विवादको शान्तिपूर्ण समाधान गर्नुपर्ने र विकास उन्मुख काम गर्नुपर्ने।

दोहोरो मापदण्डले सर्वसाधारणको सुरक्षाका लागि ठूलो हानि भएको कुरामा चीनले जोड दिएको छ। केही राष्ट्रले जथाभावी रूपमा सम्बद्ध राष्ट्रको विदेशी मुद्रा सञ्चितिलाई जम्मा गरेर अरू प्रयोगमा सारेको साथै सम्बद्ध राष्ट्रको स्रोतसाधनलाई संगठित रूपमा चोरेको छ जसबाट सम्बद्ध राष्ट्रको पुनरुत्थान र विकासको लागि बचाएको पैसालाई खोस्नुका साथै अप्रत्यक्ष रूपमा मूल्यवान मानवीय सहायता श्रोतलाई पनि लुटेको छ। अन्तर्राष्ट्रिय समुदायले तत्काल सम्बन्धित देशहरूलाई रोक्न संयुक्त रूपमा आग्रह गर्नुपर्छ।

 

एसिया-प्रशान्त क्षेत्र लगायत विश्वमा सम्बन्धित देशले विभाजन सिर्जना गर्ने, भूराजनीतिक द्वन्द्व बनाउने र अन्य देशहरूलाई पक्ष छनोट गर्न दबाब दिने गतिविधिलाई बन्द गर्न पनि चीनले आग्रह गरेको प्रतिनिधि ताइले जनाउनुभयो।