चीनले खाद्यभण्डारणका लागि विदेशी बजार जानुपर्दैनः चीनको परराष्ट्र मन्त्रालय
2022-05-27 18:58:16CRI
Share with:

चीनले विदेशी बजारमा खाद्यान्नको भण्डारण गर्ने सम्बन्धमा केही पश्चिमी मुलुकहरूद्वारा फैलाइएको भनाइबारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले मे २७ तारिख नियमित पत्रकार सम्मेलनमा चीनले आफ्नो क्षमतामा निर्भर भई खाद्यन्नलाई आफ्नो हातमा राख्ने क्षमता र विश्वास रहेको बताउँदै भन्नुभयो, ‘चीनले खाद्यान्नको भण्डारण गर्न विदेशी बजार जानुपर्दैन।’ 

उहाँले सन् २०२१सम्म चीनको खाद्यान्न उत्पादित मात्रा लगातार सात वर्षसम्म ६ खर्ब ५० अर्ब किलोग्रामभन्दा बढी पुगेको बताउँदै विश्वको पहिलो ठूलो खाद्य उत्पादक मुलुक र विश्वको तेस्रो ठूलो खाद्य निर्यातक मुलुक भएको बताउनुभयो। 

प्रवक्ता वाङले कोरोना भाइरस महामारी यता चीनले केही मुलुकहरूलाई जरुरी खाद्यान्न सहयोग दिएको, चीनले विश्वको खाद्यान्न उत्पादन र आपूर्तिका लागि सकारात्मक योगदान दिएको कुरा बताउनुभयो। 

उहाँले हाल अन्तर्राष्ट्रिय खाद्यान्न आपूर्ति श्रृंखलामा असर परेको अवस्थामा चीनले विभिन्न मुलुकसँग साझा दायित्व वहन गर्न र विश्व खाद्य सुरक्षाको संयुक्त रुपमा संरक्षण गर्न चाहेको कुरा व्यक्त गर्नुभयो।