नवौं ब्रिक्स मुलुकहरूका शिक्षा मन्त्रीहरू सम्मेलनको आयोजना
2022-05-27 17:17:39CRI
Share with:

चीनको शिक्षा मन्त्रालयद्वारा आयोजना गरिएको नवौं ब्रिक्स मुलुकहरूका शिक्षा मन्त्रीहरू सम्मेलन मे २६ तारिख भिडियो तरीकामार्फत आयोजना भएको छ। उक्त सम्मेलनमा “नवौं ब्रिक्स मुलुकका शिक्षा मन्त्रीहरू सम्मेलनको घोषणा पत्र” पारित गरिएको छ भने ब्रिक्स मुलुकहरूको शिक्षा क्षेत्रमा भविष्यको सहकार्य पनि तोकिएको छ।

चीनका शिक्षा मन्त्री व्हाइ चिनफङले ब्रिक्स मुलुकहरूका शिक्षा विभागहरूले सहकार्य गरी अझै घनिष्ठ, व्यवहारिक, उच्च गुणस्तरको शिक्षा साझेदारी सम्बन्धको सिर्जना गर्ने, विश्वको शिक्षाको सुधार र विकासका लागि “ब्रिक्स मसौदा” उपलब्ध गराउने र मानव भाग्य समुदायको सिर्जना गर्नका लागि योगदान दिने कुरा बताउनुभयो।   

उक्त सम्मेलनमा सहभागी ब्रिक्स मुलुकहरूका प्रतिनिधिहरूले चीनको शिक्षा मन्त्रालयले यस पटकको सम्मेलनको आयोजना गरेकोमा कृतज्ञता ज्ञापन व्यक्त गरेका छन्, उक्त सम्मेलनमा हासिल भएको विभिन्न उपलब्धि स्वीकार गरेका छन्। ब्रिक्स मुलुकहरूका शिक्षा मन्त्रीहरूले अनुभवबारे छलफल गरेका छन्। उनीहरूले शिक्षा क्षेत्रको सहयोगलाई विस्तार गर्ने, ब्रिक्स पाँच मुलुकको शिक्षाको साझा विकासलाई अगाडि बढाउने कुरा बताएका छन्।

ब्राजिलका उप शिक्षा मन्त्री, रुसका विज्ञान तथा उच्च शिक्षा मन्त्री, रुसका उप शिक्षा मन्त्री, भारतका शिक्षा र कुटनीतिक गृह मन्त्री, दक्षिण अफ्रिकाका उच्च शिक्षा तथा वैज्ञानिक सिर्जनशीलता उप मन्त्री उक्त सम्मेलनमा सहभागी भए।