चीन नीतिबारे अमेरिकी परराष्ट्र मन्त्रीको भनाइको चीनद्वारा खण्डन
2022-05-27 19:01:17CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले मे २७ तारिख नियमित पत्रकार सम्मेलनमा चीनसम्बन्धी नीतिबारे अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्केनको भाषणको खण्डन गर्नुभएको छ। वाङले उक्त भाषणले नक्कली सूचना फैलाएको, चीनको बदनाम गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, चीनको भित्री र वैदेशिक नीतिको बदनाम गरेको, भाषणको उद्देश्य चीनको विकासमा अवरोध गर्नु हो भन्दै चीनले यसको कडा विरोध गरेको कुरा बताउनुभएको छ।

 

वाङले शान्ति, विकास, न्याय, निष्पक्षता, प्रजातन्त्र, स्वतन्त्रता मानवको साझा मूल्य हो भन्दै कुनै पनि मुलुकले मानव अधिकारको नाउँमा अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताउनुभयो। 

 उहाँले चीनले शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तको पालना गरिरहेको, सबै मुलुकहरूसँग मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको स्थापना र विकास गर्ने कुरामा अडिग रहेको कुरा बताउनुभयो।

वाङले थाइवान, सिन्च्याङ, हङकङ, तिब्बतआदि विषयहरूमा चीनको अडान दोहोर्याउनुभयो, अमेरिकासँग अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको पालना गर्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिनुभयो।