चीनबाट नयाँ सुरक्षा धारणा लिएर अफ्गानिस्तानलाई समर्थन दिने
2022-05-28 19:41:54CRI
Share with:

अफगानिस्तान सम्बन्धी चौथो क्षेत्रीय सुरक्षा वार्ता २७ तारिख ताजकिस्तानको राजधानी दुशान्बेमा आयोजित भएको छ। चीनले नयाँ सुरक्षा अवधारणा लिएर चुनौतीको सामना गर्न अफगानिस्तानलाई संयुक्त समर्थन दिने इच्छा राखेको छ।  चिनियाँ विदेश मन्त्रालयका वैदेशिक सुरक्षा  मामिला आयुक्त  छङ कोफिङले २७ तारिख ताजकिस्तान सञ्चारमाध्यमसँग दिनुभएको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।

आयुक्त छङका अनुसार, वार्तामा सहभागी सबै ८ मुलुकहरू अफ्गानिस्तानका छिमेक भएर अफ्गानिस्तानी परिस्थितिको परिवर्तनमाथि घनिष्ट रूपमा नजर पुर्याइरहेका छन्। सबै मुलुकहरूले अफ्गानिस्तान समस्याको राजनीतिक समाधान प्रक्रियालाई सक्रिय रूपमा अगाडि बढाएर अफ्गानिस्तानको स्थिरता तथा विकासका लागि सहयोग दिनुका साथै सहज संक्रमणका लागि रचनात्मक भूमिका खेलेका छन्।

केही समयअघि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्व सुरक्षा प्रस्ताव प्रस्तुत गर्दा साझा, मिलिजुली तथा दिगो विकासको नयाँ सुरक्षा धारणा लिएर विश्वको शान्ति तथा सुरक्षाको संरक्षणमा जोड दिनुभयो। चीनले यो धारणाको पालना गरी क्षेत्रीय मुलुकसँग साझा प्रयासमा चुनौतीको सामना गर्न अफ्गानिस्तानलाई  समर्थन दिने छङले बताउनुभयो।