चीनको विदेशी व्यापारिक वातावरण प्रतिवेदन सार्वजनिक
2022-05-30 19:21:37cri
Share with:

मे ३० तारिख चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिले पत्रकार सम्मलन गरी सन् २०२२ को पहिलो त्रैमासिक अवधिको चीनको विदेशी व्यापारिक वातावरणको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनका अनुसार धेरैजसो विदेशी उद्योग व्यवसायहरूले चीनमा गरिरहेको व्यापारको सक्रिय मूल्याङकन भएको छ।

उक्त प्रतिवेदनले विश्व बैंकको पछिल्लो मानक बमोजिम चीनको विदेशी व्यपारिक वातावरणको मूल्याङकन गरेको छ। मूल्याकन गर्ने मानकमा बजारमा प्रवेश मापदण्ड, वित्तीय सेवा प्राप्त गर्ने कार्य सुविधाजनक भए नभएको र विदेशी व्यापार सजह भए नभएको तथा बजारमा प्रतिस्पर्धा प्रणाली सम्पन्न भए नभएको लगायतका अन्य १० वटा पक्षहरू समावेश छन्।

चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका प्रवक्ता यु यीले चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिले हाल विदेशी उद्योग व्यवसायहरूलाई सेवा दिनका लागि एउटा विशेष कार्य टोली स्थापना गरेको छ। यस कार्यले विदेशी उद्योग व्यवसायहरू चीनमा व्यापार गर्नका लागि राम्रो सेवा उपलब्ध गराउनसक्ने उहाँले बताउनुभयो।