चीनद्वारा प्रशान्त टापु देशहरूसँगको दोस्रो विदेश मन्त्री स्तरीय सम्मेलन आयोजित
2022-05-31 13:42:36CRI
Share with:

मै ३० तारिख चीनको राज्य परिषद्का सदस्य एवम परराष्ट्र मन्त्री वाङ यीले फिजीका प्रधानमन्त्री मबेनीमलामासँग सुवामा संयुक्त रूपमा दोस्रो चीन प्रशान्त टापु देशहरूसँगको विदेश मन्त्री सम्मेलनको अध्यक्षता गर्नुभएको छ।


परराष्ट्र मन्त्री वाङ यीले चीन र प्रशान्त टापु देशहरूबीचको सहयोगले युगको विकसित प्रवृत्तिअनुरूप क्षेत्रीय जनतालाई हित कल्याण पुर्याइरहेको तथा जीवन्त शक्ति र उज्यालो भविष्य देखाएको बताउनुभएको छ। साथै वाङ यीले चीनले गरिबी निवारण, जलवायु परिवर्तन, प्रकोपको प्रतिरोध, कृषि र जडिबुटी लगायतका ६ वटा नयाँ सहयोगात्मक केन्द्रको स्थापना गर्ने पनि घोषणा गर्नुभएको छ।