राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चिनियाँ बाल केन्द्र स्थापनाको ४० औं वार्षिकोत्सवका लागि शुभकामना
2022-05-31 19:19:13cri
Share with:

चाइना बाल केन्द्र स्थापनाको ४० औं वार्षिकोत्सवका उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शुभकामना दिँदै हार्दिक बधाई प्रकट गर्नुभएको छ। उहाँले जुन १ अन्तर्राष्ट्रिय बाल दिवस आउने परिप्रेक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तर्फबाट चीनका बाल बालिका र किशोर किशोरीहरूलाई चाड पर्वको शुभकामना व्यक्त गर्नुबाहेक उनीहरूको पढाइ प्रगति हुने, खुसीयाली जीवन बिताउने र स्वस्थ रूपमा सप्रने कामना पनि प्रकट गर्नुभएको छ।

 

आफ्नो शुभकामना पत्रमा राष्ट्राध्यक्ष सीले बितेका ४० वर्षयता चिनियाँ बाल केन्द्रले देश र पार्टीका लागि योग्य व्यक्तिलाई हुर्काउने अठोटलाई कायम राख्नुका साथै अधिकांश बाल बालिकालाई सेवा प्रदान गर्दै समाजवादी कार्य निर्माता र उत्तराधिकारीतलाई तालिम दिन र हुर्काउनका लागि सकारात्मक योगदान गर्दै आएको औँल्याउनुभएको छ।

 

चिनियाँ बाल केन्द्र सन् १९८२ मा स्थापना भएको हो। यो संस्था सुधार र खुलापनपछि चीनको पहिलो राष्ट्रिय स्तरीय स्कुल बाहिरको शैक्षिक र बाल विकास अनुसन्धान रुपमा रहेको छ।