चक्रपथ दोस्रो खण्ड विस्तारलाई १ अर्ब
2022-05-31 19:25:37cri
Share with:

काठमाडौं उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजना अन्तर्गत कलंकी– नारायण गोपालचोक सडक विस्तारका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षमा अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिने बजेटमा उल्लेख रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

उपत्यकामा सञ्चालनमा रहेका सडक योजनालाई सम्पन्न गरिने अर्थमन्त्री जर्नादन शर्माले बताउनुभयो। काठमाडौंको ग्वार्को–सातदोबाटो–एकान्तकुनामा फ्लाई ओभर र कोटेश्वर तथा नयाँबानेश्वरमा अन्डरपास निर्माण गरिने उनले घोषणा गर्नुभयो। अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै सुरुङमार्ग विकास कार्यक्रमतर्फ १ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो।