कोरोना महामारीका कारण डेढ दर्जन चिनियाँ डाक्टर डेढ वर्षदेखि नेपालमै कार्यरत
2022-05-31 19:26:26cri
Share with:

चीनले वार्षिक रुपमा १७ जना चिनियाँ क्यान्सर विशेषज्ञलाई नेपालमा रोगीको उपचारनिम्ति पठाउने गरेको छ। यो क्रम ३० वर्षदेखि चलिरहेको छ। तर पछिल्लो टोली डेढ वर्षभन्दा बढी समयदेखि कोरोना महामारीका कारण नेपालमै रोकिएको जनआस्था अनलाइनले लेखेको छ।

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ती चिकित्सक रोकिएका हुन्। चीनको सहयोगमा वि.सं. २०४९ सालमा स्थापित उक्त अस्पतालमा नेपाल र उत्तरी भारतका धेरै जना बिरामी उपचारको निम्ति आउने गरेका छन्।

चीनको खर्चमा वार्षिक १७ जना चिनियाँ विशेषज्ञ यहाँ आउने गरेको अस्पताल स्रोतले बताएको छ। तर विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण डेढ वर्षदेखि पछिल्लो टोली यतै अड्किएको हो। एक वर्षमा स्वदेश फर्कने भनेर आएका घर फर्कन नपाएका हुन्।

अब नयाँ टोली जुन १४ अर्थात जेठ मसान्तको दिन नेपाल आउन लागेको छ। त्यसपछि मात्र अहिलेका १७ जना फर्कने कार्यक्रम छ। उनीहरु २८ जुन अर्थात आगामी असार १४ गते स्वदेश फर्कंदै छन्।