माङ चोङ सौर्य मास
2022-05-31 13:40:49CRI
Share with:

माङ चोङ, चीनको २४ सौर्य मासहरूमध्येको एक हो। यो नवौँ सौर्य मास हो साथै ग्रीष्म ऋतुको तेस्रो सौर्य मास पनि हो। यस वर्षको माङ चोङ जुन ६ तारिखमा पर्दछ। यति बेला चीनको उत्तरी भागमा गहुँ सुनौला हुन्छन् भने दक्षिणी भागमा खेत हरिया हुन्छन्। यो उत्तरी भागमा गहुँ भित्र्याउने समय हो भने दक्षिणी भागमा धान रोप्ने बेला हो।

 

माङ चोङको माङको उच्चारण चिनियाँमा व्यस्तताको उच्चारणसँग मिल्दोजुल्दो छ, त्यसैले माङ चोङको अर्थ रोपाइँ गर्ने व्यस्त अवधि हो। यति बेला चीनको उत्तरी भागका किसान अति व्यस्त हुने समय हो। यस सौर्य मासमा गहुँ भित्र्याइने खुशी अनुभव गर्न पाइन्छ।