राष्ट्राध्यक्ष सीद्वारा जाम्बियाका राष्ट्रपति हिचिलेमासँग टेलिफोनवार्ता
2022-05-31 19:53:09cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मे ३१ तारिख दिउँसो जाम्बियाका राष्ट्रपति हाकाइन्द हिचिलेमासँग टेलिफोनवार्ता गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिन फिङले चीन र जाम्बिया परम्परागत मित्रता भएका “सर्वतोमुखी साथी” भन्दै दुई देश बीचको सहयोगको विशाल निहित शक्ति र उज्यालो भविश्य रहेको बताउनुभयो। चीन-जाम्बिया सम्बन्धलाई उच्च महत्व दिँदै जाम्बियासँगै मिलेर चीन-जाम्बियालाई सुदृढ पार्ने, दुई देश बीचको सम्बन्धलाई अरु उच्च स्तर तथा अरु फराकिलो क्षेत्रमा विकास गर्न चीन इच्छुक रहेको उहाँले उल्लेख गर्नुभयो।

 

प्रत्युत्तरमा जाम्बियाका राष्ट्रपति हिचिलेमाले जाम्बिया एक चीन नीतिमा अडिग रहेको भन्दै चीनद्वारा प्रस्तुत गरिएको बेल्ट एण्ड रोड प्रस्ताव, विश्वको विकास प्रस्ताव तथा विश्वको सुरक्षा प्रस्तावको समर्थन गरेको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशनको सफलताको शुभकामना पनि उहाँले दिनुभयो।