विश्वको पहिलो उच्च गतिको रेल तथा राजमार्ग पुल निर्माण पूरा
2022-06-01 11:56:01CRI
Share with:

मे ३१ तारिखका दिन दक्षिणपश्चिम चीनको स छ्वान प्रान्तको यिपिन लिङ्गाङ राजमार्ग-रेलमार्ग दोहोरो उद्देश्यीय याङसी नदीको पुल निर्माण सम्पन्न भएको छ। पुलको कुल लम्बाइ करिब १७४२ मिटर रहेको छ र चौडाइ करिब ६४ मिटर रहेको छ।

पुलको बीचमा ३०० किलोमिटर प्रतिघण्टाको उच्च-गतिमा चल्ने ४ लेन रेलमार्गहरू छन्। यसबाहेक दुवैतर्फ दुईतर्फी ६ लेनको सहरी एक्सप्रेसवेहरू छन् भने बाहिरी छेउमा फुटपाथ र गैर-मोटर चल्ने लेनहरू छन्।