दौत्य सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा चीन र बार्बाडोसका विदेश मन्त्रीद्वारा बधाई आदानप्रदान
2022-06-01 11:50:54CRI
Share with:

मै ३० तारिख चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले बार्बाडोसका विदेश र वैदेशिक व्यापार मन्त्री जेरोम वाल्कोटसँग टेलिफोन वार्ता गर्दै दौत्य सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा बधा ज्ञापन गर्नुभएको छ।

 

बधाई सन्देशमा परराष्ट्र मन्त्री वाङले बार्बाडोस चीनको क्यारिबियन क्षेत्रको असल साथी र साझेदारी भएको तथा दौत्य सम्बन्ध स्थापना भएको ४५ वर्षयता दुई मुलुकका नेतागणको साझा ध्यान र नेतृत्वमा दौत्य सम्बन्धले दिगो विकास हासिल गर्नुका साथै महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा दुई पक्षले घनिष्ठ सम्पर्क कायम राखेको व्यक्त गर्नुभएको छ।

 

मन्त्री वाल्कोटले कोरोना महामारीको प्रतिरोधमा चिनियाँ सरकारले बार्बाडोसलाई दिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा कोरोना महामारीको प्रतिरोध सहयोगमा चीनले गरेको योगदानको उच्च मूल्याङ्कन गर्नुका साथै दौत्य सम्बन्धलाई अझै घनिष्ठ र सबल पार्न चाहेको बताउनुभएको छ।