पाइ च्यु युद्ध सम्बन्धी कथा-1
2022-06-01 12:00:01CRI
Share with:

ईसा पूर्व छैठौं शताब्दीमा चीनको छ्वन-छ्यौ अर्थात वसन्त-शरद अवधिमा वु राज्य र छु राज्य, दुइवटा राज्य थिए। ईसा पूर्व 584 देखि 514सम्म, 70 वर्षको अवधिमा, प्रभुत्व जमाउने उद्देश्यले, उ र छु ती दुइवटा राज्यका बीच दश पटक भिषण लडाईं भएको थियो । ईसापूर्व 515मा वु राज्यका राजकुमार क्वाङले शासन सत्ता हत्याएर आफलाई वु राज्यका राजा ह ल्वी घोषणा गरे। ह ल्वीले राजसिंहासनमा बसेपछि प्रभुत्व जमाउने संकल्प लिएका थिए। उनले आर्थिक विकास गर्नुका साथै मुख्यतः सैनिक क्षेत्रको विकास गर्दै सेना र युद्ध सम्बन्धी ज्ञान र पद्धति सिकाउन प्रसिद्ध सैनिकविद् सुन उलाई जनरलको पदमा नियुक्त गरेका थिए। परिणामस्वरुप, वु राज्य सम्पन्न हुनुका साथै सेना पनि शक्तिशाली हुंदैजाने प्रवृत्ति देखा परेको थियो।


      
छु राज्य दक्षिणी क्षेत्रको एक ठूलो राज्य थियो। लामो समयसम्म त्यसले धेरै स-साना राज्यहरुलाई जितेर आफूमा गाभेको थियो। तर ईसा पूर्व 516 मा छु चाउ वाङ सम्राट राजसिंहासनमा बसेपछि राज्यमा भ्रष्टाचारको अवस्था देखा पर्‍यो र आफ्नो आसपासका थाङ राज्य र छाई राज्यसित बेमेल भएका कारण छु राज्यको राष्ट्रिय शक्ति क्रमशः कमजोर हुंदैगयो। ईसा पूर्व 512मा वु राज्यका सम्राट ह ल्वीले छु राज्यको अधीनमा परेको स्यु राज्य र टुङ वु राज्यलाई अघि पछि गरी सखाप पारेपछि मौका छोपेर छु राज्यमाथि ठूलो पैमानामा हमला गर्नखोजेका थिए।

      
सुन उको विचारमा वु राज्यभन्दा छु राज्यको भू-भाग विशाल र जनसंख्या पनि वु राज्यको भन्दा बढी छ। वु राज्यको राष्ट्रिय शक्ति कमजोर देखा परे तापनि त्यसको सैनिक शक्ति अझ शसक्त भएको थियो। वु राज्यले केही वर्षसम्म लगातार युद्ध गर्नेगरेका कारण धेरै सैनिक शक्ति खर्च भएको हुँदा राम्रो मौका आउन पर्खनुपर्छ। वु राज्यका सेनालाई तीन भागमा विभाजित गरेर छु राज्यका सेनालाई पालो-पालो गरी बिथोल्नु पर्ने प्रस्ताव सुन उले पनि राखेका थिए।

      
वु राज्यका सम्राटले सुन उको प्रस्ताव स्वीकारेका थिए। वु राज्यका सेनाले छु राज्यमाथि प्रहार गर्न बेला-बेलामा एक सानो टुकडी पठाउने गरेको थियो । उता छु राज्यका सम्राटले शत्रुको सेनाको वास्तविक अवस्था बारे जानकारी नगरिकनै शत्रुको सामना गर्न सधैं नै प्रशस्त सैनिकहरु पठाउने गरेका थिए। तर छु राज्यका सेनाले आइलागेपछि वु राज्यको सेना पछि हट्दैगयो। छु राज्यको सेनाले सिमानाबाट हट्दै जाँदा वु राज्यको दोस्रो टुकडीले छु राज्यको सिमानामा आक्रमण गर्न थाल्यो। वु राज्यले यसरी एकपछि अर्को पटक आक्रमण गर्ने तरिका मार्फत छ वर्षसम्म छु राज्यमाथि आक्रमण जारी राखी त्यसको शक्ति कमजोर पार्ने काम गरेको थियो । यसले गर्दा छु राज्यको सेना निकै थाक्नुका साथै राज्यको जन-धन पनि प्रशस्त मात्रामा नष्ट भएको थियो र परिणामस्वरुप राज्य दुर्बल अवस्थामा पुगेको थियो।

    यो लेखलाई दुई भागमा विभाजन गरिएको छ। दोस्रो भाग आगामी साता राखिने छ।