मास्टर विद्यार्थी वाङ हाइको सिंह नृत्य जीवन
2022-06-01 11:57:26CRI
Share with:
वाङ हाई मध्य चीनको हुपै विश्वविद्यालयको शारीरिक शिक्षा विद्यालयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ। साथै उहाँ सिंह नृत्य समूहका प्रमुख र सहायक प्रशिक्षक पनि हुनुहुन्छ। सिंहलाई चिनियाँहरूले शुभ प्राणीका साथै सौभाग्यको प्रतीकको रूपमा लिन्छन्। सिंह नृत्य चीनको लोक कला हो। विशेष गरी परम्परागत चिनियाँ चाडपर्वहरू जस्तै ड्र्यागन बोट फेस्टिभलमा सिंह नृत्यको प्रदर्शन गरेर शुभकामना दिने गरिन्छ।