राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्राजिलका राष्ट्रपतिलाई संवेदना सन्देश
2022-06-01 18:53:08cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन १ तारिख ब्राजिलमा गएको गम्भीर बाढीमा परी ठूलो संख्याका मृतक र घाइते भएकामा दुःख प्रकट गर्दै ब्राजिलका राष्ट्रपति जैर मेसियास बोल्सोनारोलाई संवेदना सन्देश पठाउनुभएको छ। 

 

सी चिन फिङले सो सन्देशमा ब्राजिलको उत्तर पूर्वी भागमा गएको गम्भीर बाढीमा परी ठूलो संख्यामा व्यक्तिहरू घाइते र मृत्युभएको कुरा सुनेर आफूलाई दुःख लागेको व्यक्त गर्दै पीडितहरूप्रति संवेदना व्यक्त गर्नु भएको छ। सो प्राकृतिक प्रकोपमा घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना पनि राष्ट्राध्यक्ष सीले गर्नु भएको छ।