विश्व साइकल दिवस
2022-06-02 10:03:40CRI
Share with:

जुन ३ तारिख विश्व साइकल दिवस हो। चीनमा साइकल ज्यादै लोकप्रिय छ। पहिले चीनमा साइकल यातायातका लागि लोकप्रिय साधन नै थियो। तर, मोटरगाडीहरूको विकासपछि पनि यसको कम प्रयोग हुने गरेको थियो। अहिले, स्वास्थ्य र स्वच्छ वातावरणको कारणले चीनका ठूला शहरहरूमा साइकलको लोकप्रियता फेरि पनि बढेको छ। चीनमा अहिले युवायुवती मात्रै होइन बालबालिका र वृद्धवृद्धा पनि साइकल चलाउन मन पराउँदछन्।