अमेरिकी बालबालिकाहरूमा बन्दुक हिंसाको बढ्दो संख्या
2022-06-02 20:38:16cri
Share with:

गत मे २४ मा टेक्सासमा भएको सामूहिक गोलीकाण्डको ठीक अघि र पछिका दिनहरूमा अमेरिको बालबालिकामा परेको असरका बारेमा खोज अनुसन्धान भएको छ। मे २४ को घटनामा विद्यालय पढ्ने १९ बालबालिकाहरू मारिएका थिए। चिकित्सा विशेषज्ञहरूले अमेरिकी बालबालिका र किशोरकिशोरीहरूमा हुने टोल बन्दुक हिंसालाई हाइलाइट गर्ने दुई टिप्पणीहरू प्रकाशित गरेका इण्डियन एक्स्प्रेसले लेखेको छ।

उक्त अनुसन्धान प्रतिवेदन अनुसार अमेरिकामा १९ वर्षभन्दा कम उमेर समूहका मानिसहरूको मृत्युको प्रमुख कारण बन्दुकजन्य हिंसा हो। हालै रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रहरूले जारी गरेको तथ्याङ्कले उक्त कुरा दर्शाएको हो।