शन चौ १४ नम्बर मानव वाहक अन्तरिक्ष यानद्वारा प्रक्षेपणअघिको अन्तिम अभ्यास सम्पन्न
2022-06-04 17:53:40cri
Share with:

चीनको शन चौ १४ नम्बर मानव वाहक अन्तरिक्ष यानले जुन ३ तारिख प्रक्षेपण अघिको सम्पूर्ण उडान क्षेत्रमा रहेको मिलिजुली अभ्यासलाई पूरा गरेको छ। यस अभ्यासमा शन चौ १४ नम्बर मानव वाहक अन्तरिक्ष यानको कार्यभार क्षेत्र सम्बन्धी सम्पूर्ण प्रक्रिया, महत्वपूर्ण तत्वहरू र प्रणाली पनि समावेश छन्। जुन परीक्षणात्मक प्रविधि सबैभन्दा प्रशस्त र सम्पूर्ण रहेको एक किसिमको मिलिजुली अभ्यास हुनुका साथै त्यसको प्रक्षेपणअघि गरिएको अन्तिम अभ्यास पनि हो।

 

गत मे २९ तारिख शन चौ १४ नम्बर मानव वाहक अन्तरिक्ष यानलाई प्रक्षेपण क्षेत्रमा पुर्याइए यता त्यस प्रक्षेपण क्षेत्रको मुख्य प्रणालीले रकेट, अन्तरिक्ष यान, प्रक्षेपण अखडा, सर्वेक्षण, नियन्त्रण र टेलिकम आदि विभिन्न सिस्टमका प्रक्षेपण अभ्यासको पनि पूराका पूरै सम्पन्न भइसकेको छ। त्यसले प्रक्षेपण कार्यमा संलग्न सबै प्रबन्धहरूको स्थिरता र विभिन्न ठूला सिस्टम बीचको मेलमिलापयुक्त क्षमताको पनि राम्ररी परीक्षण गरिसकेको छ।