राष्ट्राध्यक्ष सी चिनफिङको हरित विकास विचार
2022-06-04 19:38:36cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशन भएयता चीनको प्राकृतिक र सांस्कृतिक विकास ऐतिहासिक तथा पूर्ण रूपमा परिवर्तन भएको देखिन्छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले प्राकृतिक र सांस्कृतिक निर्माणका लागि एक श्रृंखलाबद्ध नयाँ विचार तथा रणैतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँले विश्वलाई सुन्दर चीन देखाउँदै “हरित विकास” को विचारको पनि जानकारी दिनुभएको छ। यस बाहेक राष्ट्राध्यक्ष सीले सबै मानवको साझा घर पृथ्वीकालागि चिनियाँ प्राचीन विज्ञान पनि बाँड्नुभएको छ।

 

सन् २०२१ मा संयुक्त राष्ट्र संघद्वारा आयोजित जैविक विविधता महासन्धि सदस्य राष्ट्रहरूको पन्ध्रौँ सम्मेलन अन्तर्गत नेताहरूको शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सी चिनफिङले मानवीय उच्च गुणस्तरको नयाँ विकासको अपेक्षा गर्नुभएको छ।