राष्ट्राध्यक्ष सी चिनफिङद्वारा वातावरण दिवस सम्बन्धी राष्ट्रिय मुख्य गतिविधि आयोजक समितिलाई शुभकामना पत्र
2022-06-05 19:12:06cri
Share with:

सन् २०२२ जुन ५ वातावरण दिवस सम्बन्धी राष्ट्रिय मुख्य गतिविधि कार्यक्रम ५ तारिख चीनको ल्याउ निङ प्रान्तको शन याङ शहरमा आयोजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त वातावरण दिवस सम्बन्धी राष्ट्रिय मुख्य गतिविधि आयोजक समितिलाई शुभकामना पत्र पठाउँदै गतिविधि सफलताका साथ आयोजना गरिएकोमा बधाई व्यक्त गर्नुभएको छ।

 

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले पर्यावरणीय वातावरण मानव जातिका लागि बाँच्ने र विकास गर्ने आधार भएको भन्दै उचित पर्यावरणीय वातावरणलाई कायम राख्नु नै विभिन्न देशका जनताहरूको साझा अभिरूचि भएको औंल्याउनुभएको छ। समाजका विभिन्न क्षेत्रले वास्तविक कदम चालेपछि भविष्यका सन्तानका लागि नीलो आकाश, हरियाली जमिन र स्वच्छ पानी सहित रमणीय घरबार हस्तान्तरण गरिने कुरामा जोड दिनुभएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् उप प्रधानमन्त्री हान चङले उक्त गतिविधिको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सीको उक्त शुभकामना पत्र सुनाउनुका साथै सम्बोधन पनि गर्नुभएको छ। आगामी दिनमा सक्रियताका साथ विश्वको दिगो विकासलाई अघि बढाउँदै पर्यावरणीय सभ्यताको विचारधारा र त्यसको प्रतिफलबाट विश्वका जनताहरू लाभान्वित हुनसक्ने आशा पनि प्रकट गर्नुभएको छ।