शन चौ १४ मानव अन्तरिक्ष यानको सफल प्रक्षेपण
2022-06-05 17:33:07cri
Share with:

चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयका अनुसार सन् २०२२ जुन ५ तारिख चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ १४ नम्बर मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको छ। सो प्रक्षेपणपछिको ५७७ सेकण्डमा शन चौ १४ अन्तरिक्ष यान छाङ चङ रकेटबाट छुटिएर नियोजित ट्र्याकमा बसेको छ। अन्तरिक्ष यात्रीहरूको अवस्था राम्रो रहनुका साथै यसबाट यो प्रक्षेपणले पूर्ण सफलता पाएको छ।

 

चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजना शुरू भएदेखि यो २३औं पटकको अन्तरिक्ष यान प्रक्षेपण हो। साथै अन्तरिक्ष स्टेशन निर्माण क्रममा मानव बोक्ने अन्तरिक्ष यानको प्रक्षेपण गरिएको यो तेस्रो पटक हो। यस पटकको प्रक्षेपणपछि अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनको थान ह नामक केन्द्रीय केबिनमा प्रवेश गर्ने र त्यहाँ आगामी ६ महिनासम्म बस्ने योजना छ। यी अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनको मर्मतसम्भार गर्ने साथै वैज्ञानिक अध्ययन गर्ने योजना पनि बनाइएको छ।