“ध्वनि प्रदूषण रोकथाम तथा नियन्त्रण कानून”आजदेखि लागू
2022-06-05 17:34:23cri
Share with:

आज जुन ५ तारिख विश्व वातावरण दिवस हो। आजदेखि चीनमा“ध्वनि प्रदूषण रोकथाम तथा नियन्त्रण कानून” लागू भएको छ।

 

सो नयाँ परिमार्जन गरिएको कानून अनुसार चीनको बाटो, चोक र बगैंचा लगायतका सार्वजनिक क्षेत्रमा कुनै मनोरञ्जन वा खेल कार्यक्रम आयोजना गरिने भएमा सार्वजनिक क्षेत्रीय कार्यक्रमको सम्बन्धित क्षेत्र, समय र आवाजको मात्रासमेतका नियमहरूको पालना गर्नुपर्छ।

 

हाल चीनभरि ३२४ वटा शहर र क्षेत्रहरूमा ध्वनि परीक्षण कार्य शुरू गरिएको छ साथै ७० हजार भन्दा बढी परीक्षण केन्द्रको निर्माण गरिएको जनाइएको छ।