तपाईंसँग चीनको अन्तरिक्ष स्टेशनको निर्माण र शन चौ अन्तरिक्ष यानको प्रक्षेपणको बारेमा कुनै प्रश्नहरू छन्?
2022-06-06 17:09:00cri
Share with:

चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजाका अनुसार, अन्तरिक्ष स्टेशन र कोर क्याबिनमा प्रवेश गरिसकेका शन चौ नम्बर १४ का अन्तरिक्ष यात्रीहरूले पैचिङ समयबमोजिम जुन ६ तारिख विहान ११ बजे ९ मिनेटमा थ्येनचौ नम्बर ४ को कार्गो ढोका सफलताका साथ खोलेका छन्। अन्तरिक्ष यात्रीहरूले वातावरणीय जाँचबुझ आदि तयारी कार्य पूरा गरेपछि १२ बजेर १९ मिनेट जाँदा थ्येनचौ नम्बर ४ अन्तरिक्ष यानमा सुचारु रुपमा प्रवेश गरेका छन्। त्यसपछि अन्तरिक्ष यात्रीहरू थ्येनचौ नम्बर ३ अन्तरिक्ष यानमा प्रवेश गर्ने छन्। अन्तरिक्षको जीवन कस्तो हुन्छ?चिनियाँ बालबालिकाहरूले चित्र बनाएका छन्। जुन ५ तारिख चिनियाँ शन चौ १४ मानव अन्तरिक्ष यानको प्रक्षेपण सफलताका साथ गरिएको छ। उक्त अन्तरिक्ष यानमा रहेका तीन जना अन्तरिक्षयात्रीहरू आगामी ६ महिनासम्म अन्तरिक्ष स्टेशनमा बस्ने योजना छ।

 

यदि तपाईंसँग चीनको अन्तरिक्ष स्टेशनको निर्माण र शन चौ अन्तरिक्ष यानको प्रक्षेपणको बारेमा कुनै प्रश्नहरू छन् भने, कृपया हामीलाई सन्देश पठाउनुहोस्। तपाईंले आफ्नो कल्पना गरेको अन्तरिक्ष जीवनको तस्वीर पनि खिचेर nepali@cri.com.cn मा पठाउन सक्नुहुन्छ।