अमेरिका एक साँचो म्याट्रिक्स साम्राज्य, इभ्सड्रपिङको साम्राज्य र गोप्य चोरीको साम्राज्य हो: चिनियाँ परराष्ट्र मन्त्रालय
2022-06-07 19:04:45CRI
Share with:

हाल अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिसले विकिलिक्स वेबसाइटका संस्थापक असान्जविरुद्धको आरोप फिर्ता लिन अमेरिका सरकारसँग सम्पर्क राख्ने कुरा व्यक्त गर्नुभएको छ। यस सम्बन्धमा चिनियाँ परराष्ट्र प्रवक्ता चाउ ली च्यानले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै  अमेरिका नै एक साँचो म्याट्रिक्स साम्राज्य, इभ्सड्रपिङको साम्राज्य र गोप्य चोरीको साम्राज्य भएको कुरा बताउनुभएको छ।

 

उहाँका अनुसार अमेरिकाले आफ्नो अग्रणी इन्टरनेट र संचार प्रविधिले डिजिटल निगरानी मार्फत् आफ्ना नागरिकहरूको सञ्चार र वाक् स्वतन्त्रताको उल्लङ्घन गर्नुका साथै विश्वव्यापी ठूलो मात्रामा साइबर आक्रमणहरू र इभ्सड्रपिङ गरेको छ। राष्ट्रिय खुफिया निर्देशकको कार्यालयको वार्षिक प्रतिवेदनका अनुसार वितेका एक वर्षमा एफबीआईले खोजी वारेन्टरहित अवस्थामा अमेरिकी नागरिकहरुको डिजिटल डाटाको ३४लाखभन्दा बढी जाँचबुझ गरेको छ। यो अमेरिकी सरकारको दोहोरो मानक र 'अमेरिकी आधिपत्य' लिँदै गएको प्रमाण हो।