अन्तर्राष्ट्रिय समाजले अमेरिका बेलायत अष्ट्रेलिया आणविक पनडुब्बी सहयोगलाई ठूलो महत्व दिएकोमा चीन गम्भीर
2022-06-07 19:03:28CRI
Share with:

जुन ६ तारिख अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बैठकको आयोजना गर्दै तेस्रो पटक अमेरिका, बेलायत र अष्ट्रेलियाबीचको आणविक पनडुब्बी सहयोग सम्बन्धी विषयहरूलाई औपचारिक विषयको रूपमा छलफल गर्ने निर्णय गरेको छ। यस सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्यानले चीनको अडान व्यक्त गर्नुभएअनुसार अमेरिका-बेलायत-अष्ट्रेलिया आणविक पनडुब्बी सहयोगले आणविक प्रसारमा गम्भीर जोखिम भित्र्याउँदै अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणालीलाई असर पर्ने र क्षेत्रीय शान्ति र स्थिरतालाई ध्वस्त पार्ने बताउनुभयो।

 

आणविक पनडुब्बी सहयोग सम्बन्धी संरक्षण तथा निगरानी समस्याले अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणालीमा महत्वपूर्ण प्रभाव पार्ने छ भने यस संस्थाका सबै सदस्य मुलुकसँग सम्बन्धित रहेको छ। त्यसैले सबै सदस्य मुलुकको साझा छलफलबाट निर्णय गरिनुपर्छ। सबै सदस्य मुलुकले आणविक हतियारको अप्रसार सम्बन्धी सन्धिमा आधारित अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणालीको संयुक्त रूपमा रक्षा गर्नुपर्ने चीनको धारणा रहेको पनि प्रवक्ता चाउले बताउनुभयो।