चीन र मध्य एसियाली मुलुकको साझा भविष्यको समुदायको निर्माणका लागि प्रयास: परराष्ट्र मन्त्रालय
2022-06-08 18:53:03CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लच्येनले नियमित पत्रकार सम्मेलनमार्फत् परराष्ट्र मन्त्री वाङ यीको पाँच मध्य एशियाली मुलुकको भ्रमणबारे पत्रकारका सम्बन्धित प्रश्नको जवाफ दिनुभएको छ।

 

 उहाँका अनुसार यी पाँच मध्य एशियाली मुलुकहरु चीनको मैत्रीपूर्ण छिमेकी तथा रणनीतिक साझेदार हुन्। चीनले मध्य एशियाली मुलुकसँग दत्य सम्बन्ध स्थापना भएको ३० वर्ष यता पारस्परिक सम्मान, असल मित्रता, चुनौतीहरूको संयुक्त सामना, पारस्परिक हित तथा साझा फाइदा भन्ने सिद्धान्तका साथ पारस्परिक सहयोगलाई गहन पार्दै आएको छ।

 

 परराष्ट्र मन्त्री वाङले यस भ्रमणमा विभिन्न पक्षहरुसँग चीन र मध्य एशियाली पाँच मुलुकबीच ३०औँ वार्षिकोत्सव भिडियो शिखर सम्मेलनको उपलब्धिलाई व्यवहारमा उतार्न प्रयास गर्नुहुने छ। जसबाट चीन र मध्ये एशिया पाँच मुलुकको साझा भविष्यको समुदायको संयुक्त निर्माण गर्न सकिन्छ।