अमेरिकाको सिन्च्याङ् सम्बन्धी झूटको खास लक्ष्य
2022-06-08 18:54:05CRI
Share with:

हाल अमेरिकी व्यापार प्रतिनिधि क्याथरीन ताईले व्यक्त गरेअनुसार ८५प्रतिशत सौर्य प्यानल उत्पादन  चीनमा निर्भर छ। यस सम्बन्धी उद्योग श्रृंखला पूर्णरुपमा सिन्च्याङ क्षेत्रमा राखिएको छ। तापनि यहाँ गम्भीर जबरजस्ती श्रम समस्या रहेको छ।

 

आज चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउ ली च्येनले भन्नुभयो, सिन्च्याङ्ग सारा विश्वको सबभन्दा महत्वपूर्ण फोटोभोल्टिक उद्योगको आधारभूत सामग्री पोलिसिलिकनको उत्पादनस्थल हो। अमेरिकाद्वारा निर्मित तथाकथित जबरजस्ती श्रम झुटको खास कुचेष्टा राजनीतिक शक्तिले सिन्च्याङ्ग उद्योगको प्रतिस्पर्धा श्रेष्ठतालाई दबाउनु हो।

 

चीनले धेरै पटक चीनको सिन्च्याङ्गमा जबरजस्ती श्रमको धारणा पूर्ण रुपमा झुटो भएको बताउँदै कालो बादलले सूर्यलाई रोक्न नसकेजस्तै अमेरिकाले सिन्च्याङ्गको फोटोभोल्टिक उद्योगमा धब्बा लगाउन नसक्ने दाबी गरेको छ। चीनले सधैं चिनियाँ उद्यमहरूको वैधानिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्नेछ।