सछ्वान यात्रा क्रममा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको ध्यान
2022-06-09 15:37:19CRI
Share with:

जुन ८ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले दक्षिण चीनको स छ्वान प्रान्तको मै शान शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले स्थानीय ग्रामीण क्षेत्रको परिस्थिति, अन्नबाली उत्पादन, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको सँरक्षण र महामारीको प्रतिरोध अवस्था तथा परिस्थितिको निरीक्षण तथा अवलोकन गर्नुभएको छ।

थाइह बस्तीको युङफङ गाउँको निरीक्षण भ्रमण गर्दा उहाँले उच्च मापदण्डको खेतीयोग्य जमीनको निर्माण, अन्नबाली उत्पादन, ग्रामीण क्षेत्रको पुनरुत्थान, महामारीविरुद्धका कदमहरू, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण अवस्थाबारे जानकारी लिनुभएको छ।

यसै गरी, थाइह बस्ती सानसु पुर्खा भवनको निरीक्षण गर्दा उहाँले उच्चस्तरीय खेतीयोग्य भूमिको निर्माण, खाद्य उत्पादनको प्रवर्द्धन, ग्रामीण क्षेत्रको पुनरुत्थान, महामारीको रोकथाम र नियन्त्रण, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयबारे जानकारी लिनुभएको छ।

यो सान सु भन्नाले चिनियाँ इतिहासका तीन प्रसिद्ध साहित्यकार अर्थात् सु स्युन, सु शी र सु छ हुन्। सानसु पुर्खा भवन उनीहरूको निवास स्थल हो। राष्ट्राध्यक्ष सीले धेरै पटक सु शीका प्रख्यात भनाइहरूलाई उद्धृत गर्नुभएको छ। उदाहरणका लागि, मूल उद्देश्यलाई सधैँ पछ्याएर अडिग रहनुपर्छ। यदि यो मेरो होइन भने म यसको सानो भाग पनि लिने छैन।