अमेरिकाद्वारा ८२ मिलियन डोज कोभिड भ्याक्सिन खेर फालिएको
2022-06-09 19:05:16CRI
Share with:

एउटा समाचार अनुसार अमेरिकी फार्मेसी, अमेरिकी विभिन्न निकाय तथा  संघीय एजेन्सीहरूले डिसेम्बर २०२० देखि मध्य मे सम्ममा ८१ दशमलव १ मिलियन कोभिड भ्याक्सिन डोजहरू खारेज गरेका छन्।

 

यो संघीय सरकारले वितरण गरेको डोजको ११ प्रतिशत भन्दा बढी रहेको रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूले एनबीसी समाचारलाई उपलब्ध गराएको तथ्यांक अनुसार यस्तो निष्कर्ष निकालिएको हो।

 

त्यो ६५ मिलियन डोजबाट अझै बढेको अवस्था हो जुन सीडीसीले एसोसिएटेड प्रेसलाई फेब्रुअरीको अन्तसम्म खेर गएकोबारे जानकारी गराएको थियो।

दुई रिटेल फार्मेसी चेनहरू, सीभीएस र वालमार्ट त्यस समयावधिमा अमेरिकामा फ्याँकिएका एक चौथाइ भन्दा बढी डोजहरूको लागि जिम्मेवार थिए। उनीहरूले जिम्मा लिएको पूर्ण मात्राको खोपका कारणले उनीहरू भागिदार हुनुपर्ने ठहर गरिएको हो। पाँच अन्य फार्मेसी वा डायलिसिस केन्द्रहरू - हेल्थ मार्ट, डाभिटा, राइट एड, पब्लिक्स र कोस्टकोले केही कम डोज खेर फाले पनि राष्ट्रिय औसतभन्दा माथि नै रहेको एनबीसी न्यूजले जनाएको छ।