सांग्रिला वार्ताको के विषयमा ध्यान दिनुपर्छ?
2022-06-10 18:50:41CRI
Share with:

सांग्रिला वार्ता आज सिँगापुरमा आयोजना भएको छ। चीन र अमेरिकाका रक्षा मन्त्रीहरुले यस एशिया प्रशान्त क्षेत्रको सुरक्षालाई जोड दिइएको महत्वपूर्ण बहुपक्षीय मञ्चमा भाग लिएका छन्।

 

एक महिनाअघि चीन र अमेरिकाका रक्षा मन्त्रीहरुले टेलिफोन वार्ता गरेपछि अमेरिकी रक्षा मन्त्रीले खुला रुपमा साँग्रिला वार्तामा चिनियाँ रक्षा मन्त्रीसँग भेटवार्ता गर्ने आशा व्यक्त गरेका थिए।
 

  हाल चीन र अमेरिकाबीचको सम्बन्ध महत्वपूर्ण चौबाटोमा छ। चीन र अमेरिकाबीचको सैन्य सम्बन्ध यी दुबै मुलुकबीचको सम्बन्धको महत्वपूर्ण भाग हो। अमेरिकी पक्षले लगातार चीनलाई उत्तेजित गर्दै आएकाले यी दुबै पक्षबीचको सैन्य सम्बन्धका सामु धेरै चुनौती तथा कठिनाई देखापरेका छन्।

 

द्वन्द्व वा वार्ता? चीनको स्पष्ट तथा द्दढ अडान छ। अमेरिकाले के छनौट गर्ने भन्ने विचार गर्नुपर्छ। वार्ताले मतभेदको नियन्त्रण र सहमतिका लागि अवसर सिर्जना गर्नेछ। तापनि वार्ता भएपछि वास्तविक गतिविधि झन बढी महत्वपूर्ण हुन्छ। चीनले अमेरिकासँग ठूलो मुलुकबीचको सम्बन्धको स्वस्थ विकास गर्ने आशा लिएर आफ्नो राष्ट्रिय हित र स्वाभिमानको पनि रक्षा गर्नेछ।