यो वर्षको पहिलो पाँच महिनामा चीनको वैदेशिक व्यापार आयात तथा निर्यात गत वर्षको सोहि अवधिको तुलनामा 8.3 प्रतिशतले वृद्धि
2022-06-10 18:51:48CRI
Share with:

चिनियाँ अखिल भन्सार कार्यालयले 9 तारिख घोषणा गर्‍यो कि यस वर्षको पहिलो पाँच महिनामा चीनको वैदेशिक व्यापार आयात र निर्यातको कुल रकम 160 खर्ब 40 अर्ब चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा 8.3 प्रतिशतले बढेको छ।

 

चीनको वैदेशिक व्यापार आयात र निर्यातले स्थिर वृद्धि हासिल गरेको छ, विदेशी व्यापार संरचना अनुकूलित हुने क्रम जारी छ। अखिल भन्सार कार्यालयका सम्बन्धित व्यक्तिले चीनमा महामारीको अवस्था स्थिर रहेकाले वैदेशिक व्यापार आयातनिर्यातमा निरन्तर वृद्धि हुने अपेक्षा गरिएको बताए।

 

अखिल भन्सार कार्यालयको तथ्याङ्क र विश्लेषण विभागका निर्देशक ली ख्वै वनले भन्नुभयो, "यो वर्षको पहिलो पाँच महिनामा चीनको "बेल्ट एण्ड रोड" का देशहरूसँगको आयात र निर्यातको मात्रा 31.9% छ। यसले वैदेशिक व्यापारको आयात निर्यात वृद्धि 5 प्रतिशत अंकले बढाएको छ।"