चितवनमा धान काट्न प्रविधिको प्रयोग बढ्दै
2022-06-12 16:07:34CRI
Share with:

खैरहनी नगरपालिका १३ का धुव्र बस्नेतले डेढ विघामा चैते धान लगाउनुहुन्छ। काट्ने समयमा खेतला नपाएर प्रत्येक वर्ष नै हैरानी खेप्नु पर्दथ्यो। तर, चार वर्षदेखि भने उनले यस्तो समस्या खेप्नु परेको छैन। गाउँमा धान काट्ने मेसिन भित्रिएसंगै धान काट्ने खेतला खोज्न झण्झट बाट मुक्ति मिलेको छ। 

 

पछिल्लो समय कृषिको परम्परागत शैलीलाई बिस्थापित गर्दै प्रविधिमैत्री खेती विस्तारमा कृषक आकर्षित हुँदै गएका छन्। मेसिनको प्रयग गर्दा सस्तो समेत भएको नागरिकन्यूज डटकमले खबर लेखेको छ।

 

साना किसान सहकारी संस्था कुमरोजले ४० लाख रुपैयाँ खर्चेर कम्वाईन्ड हार्भेष्टर मेसिन ल्याएको छ। जसले गर्दा किसानहरुलाई राहत भएको छ। अहिले चितवनमा धान काट्नका लागि किसानहरुले अत्याधुनिक मेसिन प्रयोग गरिरहेका छन्। सरकारी तथा निजि क्षेत्रले धान काट्ने मेसिन भित्राएपछि मेसिनको प्रयोग गर्न थालेका हुन्। पानी पर्ने धान सुकाइ रहने झण्झटबाट समेत किसानहरु मुक्त भएका छन्। किसानहरुले मेसिनबाट हार्भेष्ट गरि खेतबाट नै बिक्री गर्ने गरेका छन्। सहकारीमा मेसिन आएपछि असार, जेठमा आउने पानीमा धान सुकाइ रहन परेको छैन। मेसिनले नै हार्भेष्ट गरिदिन्छ,’ किसान सुर्यबहादुर बोगरटीले भन्नुभयो, ‘मेसिनले काटेपछि सिधै बेच्न मिल्छ। पहिले जस्तो सुकाएर बेच्नु पदैन।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनका कृषि अधिकृत माधव पौडेलका अनुसार, चितवनमा ठूला कम्वाईन्ड हार्भेष्टर तीन वटा छन्। तर, धान काट्ने समयमा भारतदेखि सयौँको संख्यामा आउने गरेका छन्।

 

चितवनमा कम्बाइन्ड हार्भेष्टर बाहेक किसानले रिपरको समेत प्रयोग गर्दछन्। छिटो छरितो हुने भएकाले किसानहरुले मेसिन नै प्रयोग गरिरहेका छन्। परालको समस्या भएकाले ठूलो मेसिन लगाउँदैनन्। पानी आउने, पराल नसुक्ने हुँदा चिसोपनको मात्र बढी हुने भएकाले कम्बाइन्ड हार्भेष्टरले काट्छन्। तर, नर्मल सिजनमा सकेसम्म रिपर र हातले काटेर किसानहरुले थ्रेसर लगाएको पाइन्छ,’– हाँले भन्नुभयो।   

 

गाईवस्तुका लागि पराल आवश्यक पर्ने भएकाले हात र रिपरको प्रयोग गर्दछन्। तर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यस वर्षदेखि पराल उठाउनका लागि बेलर मेसिनको प्रयोग गर्न प्रोत्साहन गरेको छ। परियोजनाले यस वर्ष मेसिन खरिद गरेको छ। चितवनमा किसानहरुले धान रोप्न, गोड्न, बिषादी छर्न र काट्न समेत मेसिनको प्रयोग गर्न थालेका छन्।  चितवनमा कुल ३३ हजार ८३६ हेक्टर खेतीयोग्य जमिन छ। जस मध्ये १९ हजार ८९३ हेक्टरमा वर्षे धान र ७हजार ५२७.९ हेक्टरमा चेतै धान लगाउने गरिन्छ।