चिनियाँ रक्षामन्त्री वै फङ हद्वारा अमेरिकी पक्षसामु ४ वटा माग
2022-06-12 18:41:03CRI
Share with:

जुन 12 तारिखका दिन चिनियाँ राज्य परिषद्का सदस्य एवम् रक्षा मन्त्री वै फङ हले साङ्ग्रिला संवादमा "क्षेत्रीय व्यवस्थाका लागि चीनको दृष्टिकोण" सम्बन्धी मुख्य भाषण दिनुभयो।

 

चीन-अमेरिका सम्बन्धका सम्बन्धमा उहाँले वर्तमान चीन-अमेरिका सम्बन्ध महत्वपूर्ण मोडमा रहेको बताउनुभयो। चीन-अमेरिका सम्बन्धको स्थिर विकास दुई देश र विश्वको साझा हितमा रहेकोमा उहाँले जोड दिनुभयो। विश्वका महत्वपूर्ण शक्तिका रूपमा चीन र अमेरिकाले चीन-अमेरिका सहयोगविना शान्ति र विकास हासिल गर्न नसक्ने दाबी गर्दै उहाँले दुवै देश र विश्वका लागि टकराव राम्रो नभएको तर्क गर्नुभयो।

 

चिनियाँ रक्षामन्त्री वै फङ हले अमेरिकी पक्षसामु ४ वटा माग राख्नुभयो। चीनमाथि आक्रमण र बदनाम नगर्नु, चीनलाई समेट्ने र दबाउने नगर्नु, चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु र चीनको हितमा हानि नपुर्याउनु।  

यसरी मात्रै चीनअमेरिका सम्बन्ध सुधार्न सकिन्छ। चीनको अडान एकदम स्पष्ट छ, वार्ता र पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक लाभ र जितको नतीजाका लागि सहयोग। तर यदि उनीहरु लड्न चाहन्छन् भने चीन कहिल्यै पनि पछि हट्ने छैन।