विश्व व्यापार संगठनको १२औँ मन्त्रीस्तरीय सम्मेलन सुरु
2022-06-13 17:05:23cri
Share with:

विश्व व्यापार संगठनको १२ औँ मन्त्रीस्तरीय सम्मेलन जुन १२ तारिख जेनेभामा सुरु भएको छ। चार दिने सो बैठकमा कोभिड-१९ खोप सम्बन्धी बौद्धिक सर्वाधिकारको छुट अधिकार, महामारीको सामना, माछापालन आर्थिक सहायता, कृषि, खाद्यान्न सुरक्षा र विश्व व्यापार संगठनको सुधार जस्ता विषयबारे छलफल गर्ने कार्यक्रम छ।

हाल विश्वमा कोभिड महामारी, खाद्यान्नको अभाव, जलवायु परिवर्तन र क्षेत्रीय द्वन्द्वजस्ता विविध संकट भइरहेकाले विभिन्न पक्षहरूले एकताबद्ध भएर समस्याको संयुक्त समाधान गर्नुपर्ने ठहर विश्व व्यापार संगठनका महानिर्देशक न्गोजी ओकोन्जो-इवेलाले गर्नुभयो।

चिनियाँ वाणिज्य मन्त्री वाङ वनथाउले जेनेभामा सो सम्मेलनमा भाग लिँदै भन्नुभयोः विश्व व्यापार संगठन केन्द्रित बहुपक्षीय व्यापार प्रणाली अन्तर्राष्ट्रिय व्यापारको आधारशिला हो। विश्व अर्थतन्त्रको पुनरुत्थानलाई अघि बढाउन चीनले विभिन्न पक्षसँग हातमा हात मिलाउने इच्छा राखेको छ।

विश्व व्यापार संगठनको मन्त्रीस्तरीय सम्मेलन डब्लुटीओको सर्वोच्च निर्णय गर्ने संस्था हो र सामान्यतया हरेक दुई वर्षमा एकपटक सम्मेलनको आयोजना गरिन्छ।