अमेरिकामा बन्दुकजन्य हिंसा विरोधी जुलुस प्रदर्शन
2022-06-13 16:08:46cri
Share with:

अमेरिकाका विभिन्न ठाँउका मानिसहरूले जुन ११ तारिखमा बन्दुकजन्य हिंसाको विरोध गर्दै जुलुस प्रदर्शन गरेका छन्। प्रदर्शनमा सरकार र बन्दुकजन्य हिंसा समस्याको समाधान तथा बालबालिकाको सुरक्षालाई सुदृढ गर्ने माग सरकार तथा राजनीतिज्ञहरूसँग गरिएको छ। जुलुस प्रदर्शनको आयोजक समूहका अनुसार, वासिङ्टन, न्युयोर्क, शिकागो, डेनभर, सान एन्टोनियो, लस एन्जलस लगायत ४५० भन्दा बढी स्थानमा जुलुस प्रदर्शन गरिएको हो।

अमेरिकी वेबसाइट "गन वाइलेन्स आर्काइभ्स" को पछिल्लो तथ्याङ्क अनुसार चालु वर्षको सुरुदेखि हालसम्म अमेरिकामा २५६ वटा गोलीबारी घटनाहरू भएका छन्।