चीन विरुद्धको नयाँ शीतयुद्ध "विपत्तिको खुड्किला मात्र "
2022-06-14 20:39:50cri
Share with:

अमेरिकाको "शिकागो ट्रिब्युन" वेबसाइटले जुन ११ मा "वाशिंगटनले पैचिङसँग शीतयुद्ध विपत्ति थियो" भन्ने लेख प्रकाशित गरेको छ।

सो लेखमा लेखिएको छः अमेरिकाले थाइवान रक्षा मामिलाप्रति अस्पष्ट रणनीति त्यागेको छैन भन्ने कुरा बाइडेन सरकारका अधिकारीहरूले बारम्बार जनाएका छन्। विदेश मन्त्री एन्टोनी ब्लिन्केनले स्पष्टसँग भन्नुभयोः पैचिङ नै अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय परिपाटीमा "सबैभन्दा ठूलो चुनौती" हो। विश्वमा पैचिङको गतिविधिलाई सीमित पार्नका लागि त्यस वरपरमा "रणनीतिक वातावरण" बनाउनुपर्छ।

बाइडेन टोलीले एक गल्ती गरेको छ कि शीतयुद्ध-युगमा अमेरिकाको प्रतिबन्ध लगाएको नीतिलाई चीनसँग बढ्दै गएको शत्रुतापूर्ण सम्बन्धको व्यवस्थापन गर्दछ।

वास्तवमा, वाशिंगटनले पैचिङसँग शीत युद्ध लडिसकेको छ – जुन अमेरिकाको बैदेशिक नीति लगायत समग्र पूर्वी एसियाको लागि एक विपत्ति हो।

शीतयुद्ध शुरू भएको पहिलो २५ वर्षमा, अमेरिकी नीति निर्माताहरूका लागि एसिया "रक्तपातपूर्ण " समस्या थियो।

कोरियाली र भियतनाम युद्ध लगायत दशकौं असफलता पाएपछि, अमेरिकी "शीतयुद्ध लडाकुहरू" को अघिल्लो पुस्ताले बल्ल बुझे--चीनमाथि सैन्य कदम चालेमा असफलता मात्र आएको छ।

वर्तमान बाटो वमोजिम, प्रशान्त क्षेत्रमा चीन र अमेरिका बीच "ठूलो शक्तिशाली मुलुक बीचको प्रतिस्पर्धा"ले गर्दा यस क्षेत्रमा अस्थिरता र द्वन्द्व देखा पर्न अझ सजिलो भएको छ। शीत युद्ध सफलताको लागि कुनै खुड्किला होइन, बरु विपत्तिको खुड्किला चाहिँ हो भन्ने कुरा झन् झन् कट्टर-पंक्तिमा रहेका बाइडेनका सल्लाहकारहरूले बुझ्नुपर्छ।

२१औँ शताब्दीलाई अशान्त संसारको सामना गर्ने नयाँ प्रारूप चाहिन्छ – चौतर्फी कूटनीति र सहयोग नै राम्रो सुरुवात हो।