दोस्रो विश्वयुद्धपछि सबैभन्दा धेरै अमेरिकीहरुको सरदर आयुमा गिरावट
2022-06-14 16:26:59cri
Share with:

अमेरिकी कोलोराडो बोल्डर विश्वविद्यालयको नयाँ अनुसन्धानका अनुसार संयुक्त राज्य अमेरिकाका मूल निवासी अमेरिकीहरूको सरदर आयु कोभिड महामारीको समयमा ४.७ वर्षले आश्चर्यजनक रुपमा घटेको छ। यो श्वेतहरूको भन्दा तीन गुणा र कुनै पनि जातीय समूहको सबैभन्दा धेरै हो।

"संयुक्त राज्य अमेरिकामा खोपको व्यापक उपलब्धतासँगै सन् २०२० को भन्दा २०२१ मा सरदर आयु राम्रो देखिन्छ भन्नेमा धेरै आशावादी थिए" प्रतिवेदनका सह-लेखक समाजशास्त्रका सहयोगी प्राध्यापक रायन मास्टर्सले बताउनुभयो। “तर त्यसो भएन। अमेरिकाले कोभिडलाई अन्य देशहरूले गरेजस्तो गम्भीरताका साथ लिएन र हामीले यसका लागि डरलाग्दो मूल्य चुकाएका छौँ। अश्वेत र एसियाली मानिसहरूले सबैभन्दा बढी पीडित भएका छन्।”

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित, २०१९ र २०२० को बीचमा समग्र अमेरिकी सरदर आयु लगभग दुई वर्षले घटेको छ। यो दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो गिरावट भएको प्रतिवेदनमा उल्लेख छ।

अमेरिकामा जातीय अल्पसंख्यकहरूमाथि सबैभन्दा बढी प्रहार भएको छ, जसले अश्वेत अमेरिकीहरूको सरदर आयु ३.२५ वर्ष र हिस्प्यानिकहरूको झण्डै चार वर्षले घटेको छ। तर श्वेतहरूको सरदर आयु भने १.३६ वर्षले मात्र घटेको छ।

सन् २०१९ मा अमेरिकी मूल निवासीको सरदर आयु महिलाको ७५ वर्ष र पुरुषको ६८.६ वर्ष थियो। सन् २०२१ मा अमेरिकी महिलाको सरदर आयु ७०.४ र पुरुषको ६४ भन्दा कम भएको प्रतिवेदनमा उल्लेख छ।