अमेरिकामा "फेडरल इन्डियन बोर्डिङ स्कुलको वास्तविक अवस्था" प्रतिवेदन सार्वजनिक
2022-06-15 18:53:49cri
Share with:

हालै अमेरिकी गृह मन्त्रालयले "फेडरल इन्डियन बोर्डिङ स्कुलको वास्तविक अवस्था" प्रतिवेदनको पहिलो खण्ड सार्वजनिक गरेको छ। सो प्रतिवेदनमा लेखिएको छः अमेरिकी संघीय सरकारले सांस्कृतिक आत्मसात गर्न र इन्डियन जन जातिको जग्गा पाउनका लागि बोर्डिङ बालबालिका स्कुलहरू मार्फत्  इन्डियन बालिकालाई जबरजस्ती स्थानान्तरण र पुनर्वास गरेको छ जसले गर्दा धेरै बालबालिकाको मृत्यु भयो। यो नै अमेरिकी इतिहासमा कालो अध्याय हो र यो अमेरिकामा प्रणालीबद्ध रूपमा नस्लवाद र मानव अधिकार समस्याहरूको एक मुख्य अपराधको प्रमाण पनि हो भन्ने विचार विश्लेषकहरूले औंल्याएका छन्।

सन् १८१९ मा सभ्यता कोष ऐन सुरु भएदेखि अमेरिकाले देशभरि मूल निवासी बोर्डिङ स्कुलहरू स्थापना गर्न शृङ्खलाबद्ध कानुन र नीतिहरू लागू गर्न थाल्यो। उल्लेखित रिपोर्टमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको छ कि: कम्तिमा ५०० जना इन्डियन बालबालिका बोर्डिङ स्कुलहरूमा मरे। यसबारे चर्चा गर्दै अमेरिकी संचार एनबीसीले अमेरिकी इतिहासमा इन्डियन बोर्डिङ स्कुलमा मृत्युको गणना गरिएको यो पहिलो पटक हो, तर "यो पूर्ण संख्याबाट टाढा छ" भन्दै समाचार सम्प्रेषण गरेको छ। ओरेगनको चेमावा इन्डियन स्कुल कब्रिस्तानमा २१० वटा भन्दा बढी चिहानहरू छन् जसमध्ये अधिकांश बालबालिकाका हुन्। उत्तर चेयेन्ने जातिका अनुसन्धानकर्ता मार्था स्मलले यसलाई नरसंहार भन्नु भएको छ।

वास्तवमा बोर्डिङ स्कुल मात्र होइन, अमेरिकामा सयौं वर्षदेखि इन्डियनहरूको नरसंहार रोकिएको छैन। १५ औँ शताब्दीको अन्त्यमा इन्डियन जनसङ्ख्या ५० लाखबाट आकस्मिक रूपमा घटेर २० औँ शताब्दीको सुरुमा २ लाख ३७ हजारमा झरेको छ। इन्डियनहरूका लागि यो नरसंहारको युद्ध नै थियो।