ब्रिक्स मुलुकका सुरक्षा मामिला सम्बन्धी उच्च प्रतिनिधिहरूको १२ औं बैठकको अध्यक्षता चिनियाँ उच्च पदाधिकारी याङले गर्नुहुने
2022-06-15 20:03:50cri
Share with:

जुन १५ मा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले आयोजित नियमित पत्रकार सम्मेलनमा ब्रिक्स मुलुकका सुरक्षा मामिला सम्बन्धी उच्च प्रतिनिधिहरूको १२ औं बैठकबारे जानकारी दिनुभएको छ। वाङले दिनुभएको जानकारी अनुसार, सो बैठक भिडियोमार्फत आयोजना हुनेछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य याङ चेछले पैचिङमा सो सम्मेलनको अध्यक्षता गर्नुहुने छ। दक्षिण अफ्रिका, ब्राजिल, रुस, भारतका सुरक्षा मामिला सम्बन्धी उच्च प्रतिनिधिले भाग लिनुहुने छ।