काठमाडौँ महानगरपालिकामा ९ वटा ब्रुमरले सडक सफा गर्दै
2022-06-15 15:36:33cri
Share with:

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मर्मतपछि ब्रुमरहरू पुन: सञ्चालनमा ल्याइएको बताउनु भएको छ। सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर बुधबारदेखि सडक सफा गर्न थालिएको उहाँले बताउनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

बुधबारदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थाल्ने उहाँले जानकारी दिनुभयो। ‘सानातिना मर्मत लगायतका काम  पनि नभएर लगभग निस्कृय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ,’ उहाँले भन्नुभयो, ‘बुधबारदेखि ५ वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन्।’

उहाँकाअनुसार बिहीबारदेखि थप ४ वटा ब्रुमर पनि सञ्चालनमा आउनेछ। कूल ९ वटा ब्रुमरले नियमित रूपमा सडक सफा गरिने मेयर शाहले बताउनुभयो।

 ‘बर्खा भएकोले केही असहजता पक्कै हुनेछन्। तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ,’ उहाँले भन्नुभयो।